कोरोना अपडेटः थप १८४ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेटः थप १८४ जनामा संक्रमण, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २३० जनाको पिसिआर परीक्षण र ३७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ५ हजार ५२६ जना सक्रिय संक्रमित छन् ।

बिहीबार निकाे हुनेकाे संख्या २६७ जना रहेको मन्त्रालयले जनाएको छ। संक्रमणबाट २ जना को मृत्यु भएको छ।  

Logo