नेपाली कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलसहित चार नेता पराजित भएका छन्। दुई जना महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक अन्तिम परिणामअनुसार पौडेलसहित प्रकाशरण महत, मिनेन्द्र रिजाल र राजाराम कार्की पराजित भए।
महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् । थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए।
उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ। तर, आफू महामन्त्रीमा पराजित भए पनि प्रदीप हँसिलो मुद्रामा पार्टी कार्यालय सानेपामा थिए।





























प्रतिक्रिया