जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ: मिनेन्द्र रिजाल

जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ: मिनेन्द्र रिजाल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस महामन्त्रीमा पराजित भएका डा‍‍. मिनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन् । 

बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकबाट रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताए । 

रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उनको भनाइ छ । 

जबरजस्ती पदमा बसिरहने आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताए । ‘जबरजस्ती घसेटेर पदमा बसिरहने आवश्यक ठानिनँ,’ उनले भने, ‘म सार्वजनिक जीवनमै रहनेछु । राजनीतिमा वा कहाँ भन्ने कुरा पछि थाहा हुनेछ ।’ 

आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उनले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहोराए ।

Skip This
Skip This
Logo