म एक समूहको महामन्त्री होइन, सिङ्गाे कांग्रेसकाे महामन्त्री हुँ: गगन थापा (भिडियाे)

म एक समूहको महामन्त्री होइन, सिङ्गाे कांग्रेसकाे महामन्त्री हुँ: गगन थापा (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन्। 

बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचित थापाले उम्मेद्वारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए। 

अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटिएको भन्दै अब आफू खट्ने बताए। 

'एउटा समूहको उम्मेद्वार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो', थापाले भने ।  

उनले बेठीक व्यक्तिलाई महामन्त्री बनाइएछ भन्ने हुन नदिने बताए। उनले आफूलाई विजयी बनाउने सबैलाई धन्यवाद दिए।

 

Skip This
Skip This
Logo