खानीखोला हाइड्रोपावर कम्पनीले ३० पुसमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेका लागि आह्वान गरेको हो। सभा भर्चुअल माध्यमबाट हुनेछ।
सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुनेछ। आर्थिक वर्ष २०७८/७९ मा लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको निर्वाचन गर्नेलगायतको एजेन्डा छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले ९ देखि ३० पुससम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार ८ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।































प्रतिक्रिया