मुसिकोटकाे भीरबाट लडेर दम्पतीको मृत्यु

मुसिकोटकाे भीरबाट लडेर दम्पतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मीको मुसिकोटमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ। 

मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए। 

उनीहरू माइती जान हिँडेका थिए। सोही क्रममा भीरको घोडेटो बाटोबाट लडेर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुर्याएको पाण्डेयले बताए। 

घाइते दम्पतीको गुल्मी अस्पतालमा ज्यान गएको र शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए।

Logo