पोखरामा आगलागी, एक घर जलेर नष्ट

पोखरामा आगलागी, एक घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदन मार्गको घरमा आगलागी भएको हो ।

अयोध्या बाटाजुको घरमा सञ्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरू जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि पोखरा महानगरपालिकाका दुई वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ । 

Skip This
Skip This
Logo