ए डिभिजन लिग आज पहिलो पटक मोफसलमा हुँदै

ए डिभिजन लिग आज पहिलो पटक मोफसलमा हुँदै

केन्द्रबिन्दु
0
Shares

पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदैछ। 

एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ। 

पोखरामा एक खेल हुँदा आज काठमाडौंमा २ खेल हुनेछ। दिनको १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा साझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी क्लब आमने सामने हुनेछन्।

Logo