कोरोना अपडेटः थप १८९ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेटः थप १८९ जनामा संक्रमण, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २ हजार ५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

निकाे हुनेकाे संख्या २५० जना रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म निकाे हुनेकाे संख्या ८ लाख ८ हजार ६०३ पुगेकाे छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५७२ रहेकाे छ।

नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।

Skip This
Skip This
Logo