सेन्चुरी बैंकद्वारा लाभांश घोषणा

सेन्चुरी बैंकद्वारा लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

सेन्चुरी कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्। यसअनुसार बैंकले सभामा ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर र दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद खर्चिनेछ। 

गत वर्ष बैंकले पाँच दशमलव २५ प्रतिशत बोनस र दुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Logo