काठमाडौं उपत्यकामा आज ६७४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ६७४ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६७४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५३८ , भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना थपिएका हुन् । आइतबार ७६७ जना थपिएका थिए । शनिबार ७११ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १४ हजार १५०, भक्तपुरमा १ हजार ५३० र ललितपुरमा १ हजार ६१० पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १७ हजार २९० पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । आज निको हुनेको १ हजार ५ संख्या छ । आइतबार ९६६ जना निको भएका थिए । शनिबार १,४४७ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ । आइतबार १० जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । आज १,१५४ जना थपिएका छन् । आइतबार १,३२५ जना थपिएका थिए । शनिबार १ हजार २०४ जना थपिएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ । आजको पिसिआर परिक्षण ९ हजार ५३३ रहेको छ ।

Logo