न्युक्यासल युनाईटेडविरुद्धको सानदार जितसँगै इंंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अंकको अग्रता बनाएको छ।
आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गरेकाे हाे। जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे।
पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्याे। सुरुआतबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्यक्यासललाई दबाब बनाउँन दिएन।
खेलको पाँचौं मिनेटमा रुवेनले अग्रता बनाए। २७औं मिनेटमा कनसेलोले २-० को दोब्बर अग्रता बनाए। मारेजले ६४ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज स्थितीमा पुर्याए भने स्टर्लिङले ८६ औं मिनेटमा गोल गर्दै ४-० अन्तरको जित दिलाए।
जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ। १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
आइतबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग गोल रहित र लिभरपुल टोटनहमसँग २–२ गोलको बराबरीमा रोकियो।





























प्रतिक्रिया