इंग्लिस प्रिमियर लिग: चेल्सी र लिभरपुल रोकिए

इंग्लिस प्रिमियर लिग: चेल्सी र लिभरपुल रोकिए

केन्द्रबिन्दु
0
Shares

उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन्। चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो। उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो। बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो। 

राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग रोमाञ्चक बराबरीमा रोकियो। निकै नै प्रतिस्पर्धात्मक खेल २–२ गोल अन्तरमा सकिएको थियो।

लण्डनमा भएको खेलमा टोटनहमले सुरुआती अग्रता बनायो। टोटनहमका फरवार्ड ह्यारी केन र हङ मिन सनले १-१ गोल गरे। लिभरपुलका लागि डियगो जोटा र आन्द्रे रोबर्टसनले १-१ गोल गरे। 

खेलको १३औँ मिनेटमा केनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए। ३५औँ मिनेटमा डिअगोले लिभपुरलाई बराबरीमा ल्याए भने ६९औँ मिनेटमा रोबर्टसनले भ्रमणकारी टोली लिभरपुललाई २-१ को स्थितिमा ल्याए। हार उन्मुख रहेको टोटनहमका लागि सनले ७४औँ मिनेटमा गोल गर्दे २-१ को बराबरीमा ल्याए। 

बराबरीसँग लिभरपुल उपाधि दौडमा ३ अंकले पछि परेको छ। आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गर्‍याे। 

जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे। 

जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ। १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

Logo