निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्व रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्व रुपैयाँ पुगेको छ। 

यसमध्ये बैंकहरूसँग ४२ खर्व ३४ अर्व र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्व ७१ अर्व निक्षेप रहेको छ । 

निक्षेप बढेपछि बैंकहरूको सिडी रेसियोमा पनि केही सुधार आएको छ। शुक्रबारसम्ममा बैंकहरूको औसत सिडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ। 

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ। शुक्रबार अन्तरबैक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ। 

बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ। कर्जा लगानी ११ अर्व रुपैयाँले वृद्धि भई ४६ खर्व २ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ। बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन्। 

Logo