कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमा तीन जना डाक्टर निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा. शशांक कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल र डा. रामशरण महत छन् । कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८३६ मत ल्याएका हुन् ।
३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए । पराजित हुनेमा प्रा.डा. तिर्थराज खनियाँ, डा. सुरेशचन्द्र चालिसे, डा. टिएन योगी, डा.रामशरण थपलिया, डा. सुरेश मल्ल र डा. मुकेशराज काफ्ले रहेका छन्।































प्रतिक्रिया