तीन दिनदेखि बेपत्ता महिला मृत फेला

तीन दिनदेखि बेपत्ता महिला मृत फेला

केन्द्रबिन्दु
0
Shares

तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी  एक महिला मृत फेला परेकी छन् । मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन्। खातुन हराएकाे भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए।

खाेजविन गर्दा उनी घर नजिकैकाे सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

Logo