कोरोना अपडेटः थप २९० जनामा संक्रमण, तीन जनाको मृत्यु

कोरोना अपडेटः थप २९० जनामा संक्रमण, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १२ हजार ४७३ जनाको पिसिआर परीक्षण र 
 ४ हजार ६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार २०६ र एन्टिजेन परीक्षणबाट ९६ हजार २१ रहेकाे छ । 

निकाे हुनेकाे संख्या २३२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ९ हजार ३८७ पुगेकाे छ।

संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५७७ रहेकाे छ।

नेपालमा हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ४७ हजार ८१४ खाेप लगाइएकाे छ।

Logo