नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको मत परिणाम सार्वजनिक भएको छ।
पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खुमबहादुर खड्काकी पत्नी हुन्।
त्यस्तै लुम्बिनी प्रदेशका दुईजना खुल्ला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन्।































प्रतिक्रिया