मोटरसाइकल दुर्घटना हुँदा मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ का २८ बर्षिय ज्योती लिम्बुको निधन भएको छ ।
लेटाङ कानेपोखरी सडक खण्ड अन्तर्गत लेटाङबाट कानेपोखरी जाने क्रममा लिम्बुको मोटरसाइकल सडकको खाल्डोमा परी जंगलतिर पसेको थियो।
मोटरसाइकल अनियन्त्रित भएर जंगल पसेपछि करिब ५० मिटरभित्र चालक लिम्बु बेहोस अवस्थामा भेटिएको र त्यहाँबाट उपचारका लागि विराटनगर स्थित विराट मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै उनको निधन भएको लेटाङ ६ निवासी उर्गेन तामाङले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।
चालक लिम्बूसँगै सवार धरान ३ का अजित लिम्बू भने सामान्य रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।दुर्घटना हुनुको मुख्य कारण भने सडकको दुरावस्था रहेको तामाङले जानकारी दिए ।
दुर्घटनास्थल नजिक ठूला–ठूला खाडल रहेको र सडकमा रहेको खाडलनै लिम्बूको ज्यान लिने कारक रहेको उनको दाबी छ ।
लिम्बूले लेटाङ नगरपालिकाको गैरजिम्मेवारपनकै कारण अकालमै लिम्बूको मृत्यु भएको र दैनिक एक न एक दुर्घटना घट्ने गरेको तामाङले बताए।
उनले भने ‘ लेटाङ नगरपालिकाका मेयर शंकर राईको प्रत्यक्ष सेटिङमा आफ्नानजिकका आफन्तलाई सडक बनाउन ठेक्का दिने र सडकको जाँच केही नगरी पास हुने समस्याले सडक टिकाउ नभएको र यो अवस्था आयो, यो घटनाको जिम्मेवारी नगरपालिकाले लिनु पर्छ।’
यसै विषयमा नगर प्रमुख मेयर शंकर राईले उक्त सडक मुख्य सडक अन्तर्गत पर्ने भएकाले उक्त सडकलाई केन्द्रले हेर्ने वा स्थानीय सरकारले हेर्ने भन्ने दुबिधा भएता पनि अफुहरुले नै उक्त बाटो हेर्दै आएको बताएका छन् । केन्द्रबिन्दुसँगको कुराकानीमा उनले भने ‘यसको किसिमको दुबिधाका बावजुत पनि यो बाटोलाई हामीले नै मर्मत सम्भार गर्दै आएका छौँ । दुर्घटना भएकोमा हामी दुखी छौ । आजको दुर्घटना खाल्डा खुड्डिका कारण नभएर ओभरस्थिडका कारण भएको रहेछ । खल्डाहरु सडकमा कतै छ भने हामी त्यसको व्यवस्थापन गर्छौ । तर जिल्ला सडक डिभिजनले हामी माथि अन्याय नै गरिरहेको अवस्था छ ।’





























प्रतिक्रिया