काठमाडौं उपत्यकामा आज १२२ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १२२ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १२२ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७६, भक्तपुरमा १३ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २६६ जनाको पिसिआर परीक्षण र 
 ४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ४२३ र एन्टिजेन परीक्षणबाट ९६ हजार ४० रहेकाे छ । 

निकाे हुनेकाे संख्या २७२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ९ हजार ६५९ पुगेकाे छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५७९ रहेकाे छ।

नेपालमा हाल ५ हजार १८५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ३९ हजार ६६१ खाेप लगाइएकाे छ।

Logo