एसियन सेन्ट्रल जोन महिला भलिबलः साविक विजेता नेपाल र श्रीलंका भिड्दै

एसियन सेन्ट्रल जोन महिला भलिबलः साविक विजेता नेपाल र श्रीलंका भिड्दै

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ। 

ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ। अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ। 

महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। 

Logo