क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

केन्द्रबिन्दु
0
Shares

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ। यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुँदै गइरहेका छन्। पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धि भएको देखिन्छ। 

यस्तो अपार रोजगारीको सम्भावना रहेको क्षेत्र ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागि लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमी सँग सहकार्य गर्ने भएको छ। यस साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा  क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्नेछन्। 

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU), मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) र (B.B.M.) विषयमा अध्यापन गराउँदै आएको छ। संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षाबिचको दुरीलाई कम गर्ने विश्वाश लिएका छौं। साथै यस कार्यको लागि जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउँदा अत्यन्तै हर्षित छौं।”

जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो। जेनेस क्लाउड एकेडेमीले सूचना प्रविधी र प्रबन्धनका विद्यार्थीहरुलाई विभिन्न किसिमका उपकरण तथा श्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन् । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्यसजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्पुटिङ्ग क्षेत्रमा सजिलै  प्रवेश गर्न सक्षम हुनेछन् । 

जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयालले यस्तो सहकार्यको आवश्यकतामाथी जोड दिँदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी सी ए र जी सी ए का सहयात्री संस्थाहरुमा इन्टर्नसीप गर्न पाउने बताए। 

सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि संबोधन गरेका थिए।

कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रासहित ३ जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ। सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृती छनौट समितिले गर्नेछ।

Skip This
Skip This
Logo