टोखामा ‘साथीमार्ट’ को नयाँ शाखा खुल्यो, नायिका वर्षा सिवाकोटीद्वारा उद्घाटन

टोखामा ‘साथीमार्ट’ को नयाँ शाखा खुल्यो, नायिका वर्षा सिवाकोटीद्वारा उद्घाटन

केन्द्रबिन्दु
0
Shares

देशभर सात दर्जन आउटलेट खोलेको ओटुओ (अफलाइन टु अनलाइन) सुविधासहितको साथीमार्टले बिहीबारबाट काठमाडौं टोखास्थित मिलनचोकमा ७९औं नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। 

नायिका वर्षा सिवाकोटीले उद्घाटन गर्दै उनले घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा आमाले बढी गर्ने गरेको बताइन् । उनले भनिन्, ‘ग्रोसरी सपिङ घरमा म मात्रैमा सीमित छैन। बढीजसो ममीले गर्नुहुन्छ । तर, कहिले काहिँ कुनै चिजहरु चाहिने नै भएको खण्डमा म पनि लिएर जाने गरेको छु । तर, समय र लोकेशन हेरेर मेरो सपिङ हुने गर्छ।’

स्टोरमा ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छुट, ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको ग्राहकलाई सहुलियत र  थप विशेषता रहनेछन्। त्यस्तै साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ। 

होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा रहनेछ । करिब १ करोड ५० लाखको लगानीमा मार्ट सञ्चालन गरिएको हो। साथी मार्टको व्रान्ड एम्वासडर राजेश हमाल नियुक्त छन्। ३ वर्षभित्र १००० वटा आउटलेट खोल्ने र विस्तारै अन्तर्राष्ट्रियस्तरमा पुग्ने मार्टको योजना रहेको छ। 

ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, बर्थ डे गिफ्ट, तरकारी फलफूल, फुड, इलेक्ट्रोनिक्स लगायतका सामान आउटलेटमा उपलब्ध हुनेछन्। साथीमार्टको मोबाइल एप डाउनलोड गरि भाग्यमानी एक जनाले आकर्षक स्कुटर प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

Logo