ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।
ड्याटसन गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने कम्पनीको भनाइ छ।
डिसेम्बर २६ देखि प्रारम्भ भई डिसेम्बर २८ मा समापन गरिने उक्त सर्भिस क्याम्पमा ग्राहकलाई निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० चेक प्वाइन्ट सुविधा प्रदान गरिने छ।
त्यसैगरी एसेसरिजमा ८० प्रतिशतसम्म छुट प्रदान गरिने छ भने नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट प्रदान गरिने पायोनियर मोटोकर्पले जनाएको छ।





























प्रतिक्रिया