चीनले सन्तान जन्माउने दम्पतीलाई ३७ लाख डलर दिने

चीनले सन्तान जन्माउने दम्पतीलाई ३७ लाख डलर दिने

केन्द्रबिन्दु
0
Shares

चिनियाँ प्रान्तले सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन उपलब्ध गराउने भएको हो।

चीनमा जनसंख्या बृद्धि भएपछि सरकारले जनसंख्या घटाउन विभिन्न रणनीति बनाएको थियो। जनसंख्या घटाउने रणनीतिपश्चात चीनको जनसंख्या ह्वात्तै घटेपछि जिलिन प्रान्त सरकारले सो रणनीति अघि सार्ने बताइएको छ।

सो रणनीतिअनुसार सन्तान जन्माउने दम्पतीलाई ३१ हजार चार सय बेबी लोन दिने र सन्तानको संख्याअनुसार ब्याजदरमा समेत हेरफेर गरिने बताइएको छ। यद्यपि, सो रणनीति कहिलेदेखि लागू हुने भन्नेबारे भने जानकारी नदिइएको बताइएको छ।अन्नपूर्णपाेष्टबाट

Skip This
Skip This
Logo