हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न, केहीकाे अझै निर्माण सुरू भएन

हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न, केहीकाे अझै निर्माण सुरू भएन

केन्द्रबिन्दु
0
Shares

भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन्। क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। 

केही कोरोना भाइरसका कारण रोक्नु परेको सम्पदा पुनःनिर्माणको कामले अहिले तीव्रता पाएको छ । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदा अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् । केहीको अझै काम सुरु गरिएको छैन। यस क्षेत्रका ३० सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन। भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। 

यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शैनकक्ष, त्रिभूवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ। 

त्यसैगरी दश अवतार र काष्ठमण्डपको पुनःनिर्माण काम अन्तिम चरणमा पुगेको छ। अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै क्षतिग्रस्तमध्ये १७ सम्पदाको पुनःनिर्माणको काम हुन नसकेको हो।  

उनले भने, “यहाँ रहेका सम्पदा एकपछि अर्को जोडिएका छन्, त्यसैले एक सम्पदाको काम सम्पन्न नभएसम्म नयाँ काम सुरु गर्न नसकिएको हो, गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ, जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भएको हो।” नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्र्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ। 

Skip This
Skip This
Logo