हिमालयन बैंकको साधारण सभा पुस ३० गते, लाभांश प्रस्ताव पारित हुने

हिमालयन बैंकको साधारण सभा पुस ३० गते, लाभांश प्रस्ताव पारित हुने

केन्द्रबिन्दु
0
Shares

हिमालयन बैंकले पुस ३० गतेका लागि साधारण सभा बाेलाएकाे छ।

बैंकको साधारण सभा पुस ३० गते केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २१.३८ प्रतिशतका दरले बोनस सेयर र सो को करसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश वितरण गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएको हाे ।

साथै, सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्नेसम्बन्धी सम्पूर्ण कार्यहरुलाई स्वीकृत प्रदान गर्ने, सेयर स्वाप रेशियो १ बराबर १ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत प्रस्ताव पारित गर्ने बताइएकाे छ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ। 

Skip This
Skip This
Logo