भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्बिभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ। यी तीन वटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ।
दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ। योसँगै भारतमा कोभिडविरुद्ध आपतकालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ।
यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसन एन्ड जोनसोनलाई भारतको औषधि नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभोभ्यासलाई आपतकालीन प्रयोगको सूचीमा राखेको छ। भारतले प्रयोगका लागि अनुमति दिएको नयाँ खोप कोर्बिभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो।एजेन्सी





























प्रतिक्रिया