इंग्लिस प्रिमियर लिगः लेस्टरसँग लिभरपुल स्तब्ध

इंग्लिस प्रिमियर लिगः लेस्टरसँग लिभरपुल स्तब्ध

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ। मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार व्यहाेरेकाे हाे।

खेलकाे ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो।

बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो। योसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ। 

पराजित लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ। लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ। 

अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित  गर्दा   साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले। 

Logo