काेराेना अपडेटः २४१ जनामा संक्रमण पुष्टि, निकाे हुने कति?

काेराेना अपडेटः २४१ जनामा संक्रमण पुष्टि, निकाे हुने कति?

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ८१४ जनाको पिसिआर परीक्षण र २  हजार ८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार २०७ र एन्टिजेन परीक्षणबाट ९६ हजार १९१ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २२८ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ११ हजार ७४६ पुगेकाे छ।

संक्रमणबाट बिहीबार कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८८ रहेकाे छ।

नेपालमा हाल ४ हजार ८७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५६ हजार ११२ खाेप लगाइएकाे छ।

Logo