इण्डियाको रोमाञ्चक जित

इण्डियाको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

साउथ अफ्रिकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा इण्डिया विजयी भएको छ । अन्तिम दिन बिहीबार मात्र १ सय ६३ बलमा ६ विकेट लिएपछि इण्डियाले ११३ रनको रोमाञ्चक जित निकाल्यो । योसँगै भ्रमणकारी टोलीले ३ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ।  

सेन्चुरियनमा बिहीबार ४ विकेटको क्षतिमा ९४ रनबाट अन्तिम दिनको खेल थालेको घरेलु टोली साउथ अफ्रिका १ सय ९१ रनमा समेटियो । इण्डियन बलरहरु चम्किएपछि साउथ अफ्रिका मात्र ६८ ओभर क्रिजमा टिक्न सक्यो । 

क्याप्टेन डिएन एल्गरले ७७ रन बनाए भने टेम्बा बाभुवा ३५ रनमा नटआउट रहे । साउथ अफ्रिकालाई सस्तैमा समेट्न जस्पृत बुमराह र मोहमद सामीले समान ३ तथा मोहमद सिराज र रविचन्द्रन अश्विनले समान २ विकेट लिए । पहिलो इनिङग््समा पनि साउथ अफ्रिका १९७ रनमा अलआउट भएको थियो। 

लोकेश राहुलले १२३ र मयंक अग्रवालले ६० रन बनाएपछि इण्डियाले पहिलो इनिङ्समा ३२७ रन बनाएको थियो । दोस्रो इनिङ्ग्समा भने इण्डिया १७४ रनमा समेटिएको थियो । 

दोस्रो टेष्ट सोमबार जोहनसवर्गमा सुरु हुनेछ । 

Logo