पछिल्लो एक साता नेप्से ४.२७ अंकले वृद्धि

पछिल्लो एक साता नेप्से ४.२७ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.२७ अंकले वृद्धि भएको छ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । सातामा चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन उकालो लागेको छ भने दुई दिनै गिरावट आएको छ। यसरी चार दिन भएको कारोबारमा नेप्से परिसूचक ४.२७ अंकले वृद्धि भएर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको छ।

अघिल्लो साता १४३.४९ अंकले बढेको नेप्से परिसूचक यो साता ४.२७ अंकमा नै खुम्चिन पुगेको छ । शेयर बजारमा पछिल्लो समय निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । एक दिन वृद्धि भए अर्को दिन गिरावट हुने प्रक्रिया चलिरहेको छ ।  बिहीबार तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले शेयर बजार बन्द भएको थियो ।

साताको पहिलो शेयर कारोबारको दिन आइतबार शेयर बजार उच्च अंकले वृद्धि भएको थियो । जुन दिन  बजार ७१.२० अंकले बढेर नेप्से परिसूचक २५९१.४२ अंकमा पुगेर बजार बन्द भएको थियो । आइतबार ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबार भने आइतबार उकालो लागेको बजारले निरन्तरता पाउन सकेन । आइतबार एक दिन उच्च अंकले बढेको नेप्से सोमबारबाट पुनः गिरावट आएको थियो । सोमबार बजार ६९.७७ अंकले ओरालो लागेर परिसूचक २ हजार ५२१.६५ अंकमा पुगेर बजार बन्द भएको थियो । उक्त दिन १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा सामान्य गिरावट आएको थियो । उक्त दिन बजार २.६६ अंकले ओरालो लागेर परिसूचक २ हजार ५१८.९९ अंकमा बजार बन्द भएको थियो । मंगलबार शेयर कारोबार रकम घटेर ३ अर्ब १२ करोडमा सिमित भएको थियो । 

दुई दिन लगातार गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको थियो ।  बुधबार नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि सामान्य वृद्धि भएको छ । गत साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेका लगानीकर्ताको यो साता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँ सम्पति बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३५ खर्ब ४३ अर्ब ५० करोड रुर्पैयाँ रहेको थियो । यो साता २ अर्ब ३ करोड रुपैयाँ सम्पति बढेर ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ। 

Logo