काेराेना अपडेटः २३५ जनामा संक्रमण पुष्टि, २१२ जना निकाे भए

काेराेना अपडेटः २३५ जनामा संक्रमण पुष्टि, २१२ जना निकाे भए

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ८८५ जनाको पिसिआर परीक्षण र १  हजार १९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार ४३१ र एन्टिजेन परीक्षणबाट ९६ हजार २०२ रहेकाे छ। 

शुक्रबार निकाे हुनेकाे संख्या २१२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ११ हजार ९५८ पुगेकाे छ।

संक्रमणबाट शुक्रबार ४ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९२ रहेकाे छ।

नेपालमा हाल ४ हजार ८७९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ३९ हजार १५२ खाेप लगाइएकाे छ।

Logo