सुनको मूल्य सात सयले बढ्यो

सुनको मूल्य सात सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएकोमा आज सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियाे।

Skip This
Skip This
Logo