साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६०.४१ अकंले बढेर २ हजार ५८४.९१ बिन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँमा खरिद विक्री भएको छ । त्यस्तै आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा हिमालय डिष्टिलरी, मध्ये भोटेकाशी जलविद्युत कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयर मूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको हो ।
आज सर्वाधिक शेयर कारोबार हुनेमा हिमालय डिष्टिलरीले नै सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज ४४ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।





























प्रतिक्रिया