काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ जना संक्रमित थपिएका हुन्।

यता गत २४ घण्टाभित्र नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १  हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार ९८६ र एन्टिजेन परीक्षणबाट ९६ हजार २४५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २०९ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १२ हजार ४१९ पुगेकाे छ।

संक्रमणबाट २ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९४ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ३३ हजार ८१२ खाेप लगाइएकाे छ।

Logo