पूर्वानुमान महाशाखा भन्छ, ‘मंगलबारदेखि फेरि बर्षा र हिमपातको सम्भावना छ’

पूर्वानुमान महाशाखा भन्छ, ‘मंगलबारदेखि फेरि बर्षा र हिमपातको सम्भावना छ’

केन्द्रबिन्दु
0
Shares

अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

Logo