काेराेना अपडेटः ३२६ जनामा संक्रमण पुष्टि, २५५ जना निकाे भए

काेराेना अपडेटः ३२६ जनामा संक्रमण पुष्टि, २५५ जना निकाे भए

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ७०० जनाको पिसिआर परीक्षण र २  हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २९ हजार २७७ र एन्टिजेन परीक्षणबाट ९६ हजार २८० रहेकाे छ। 

निकाे हुनेकाे संख्या २५५ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १२ हजार ६७४ पुगेकाे छ।

संक्रमणबाट २ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९६ रहेकाे छ।

नेपालमा हाल ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख ४४ हजार ४४ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo