बञ्चरेडाँडा ल्याण्डफिल साइडको करिब ९० प्रतिशत काम भयाे– राज्यमन्त्री मानन्धर

बञ्चरेडाँडा ल्याण्डफिल साइडको करिब ९० प्रतिशत काम भयाे– राज्यमन्त्री मानन्धर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिए पनि दशैं अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तिव्र गतिमा अगाडि बढीरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उनले बताए। आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढीरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्तिक पहिलो हप्ता सम्म सबै काम सम्पन्न गर्ने गरी अगाडि बढीरहेको उनले बताए।

बन्चरेडाँडाँमा काठमाडौं उपत्यकाका २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बन्चरेडाँडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौंसम्म फोहोर व्यवस्थापन नगरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

Skip This
Skip This
Logo