मुक्तिनाथ विकास बैंकका देशभर ३२ शाखा एकैसाथ उद्घाटन

मुक्तिनाथ विकास बैंकका देशभर ३२ शाखा एकैसाथ उद्घाटन

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरेको छ। बैंकले वार्षिकोत्सवकाे अवसर पारेर डिजिटल माध्यमद्वारा एकैसाथ ३२ शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ।

बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५, 
कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। बैंकका अध्यक्ष भरतराज ढकालले नयाँ शाखा कार्यालय उद्घाटन गरेका हुन्। 

अध्यक्ष ढकालले बैंकले नागरिकलाई आधुनिक बैंकिङ सुविधाका साथै वित्तीय तथा गैरवित्तीय सेवाद्वारा देशको अर्थतन्त्रमा योगदान दिँदै आएको बताए ।

बैंकले ७ वटै प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । 

विद्यालयमा स्टेसनरी सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीलाई न्याना कपडा, स्कुल ब्याग वितरण,  विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ। क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । 

बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था छ।

Logo