रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा प्रवेश

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा प्रवेश

केन्द्रबिन्दु
0
Shares

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेका छन्। बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे। 

भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍याे। रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाती रह्यो। एल्कोयानोको लागि ड्यानी भेगाले एक गोल गरे। 

अर्काे खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डिपोर्टिभोलाई २–१ अन्तरले पराजित गर्‍याे। पुनरागमन जित निकाल्ने क्रममा बार्सिलोनाको लागि औसमाने डेम्बेले र फेरान जटग्लाले एक-एक गोल गरे। 

यसअघि डिपोर्टिभोका हुगो डिआजले १९औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो। डेम्बेलेले ६३ मिनेटमा बराबरीको अवस्थामा ल्याए । फेरानले ६९ मिनेटमा विजयी गोल गरे। 

बार्सिलोनाका ब्राजेलियन डिफेण्डर ड्यानी अल्भेसले यसै खेलमार्फत दोस्रो पटक डेब्युसमेत गरेका छन्। 

Logo