इटालियन सिरी ‘ए’: युभेन्ट्स र नेपोलीले अंक बाँडे

इटालियन सिरी ‘ए’: युभेन्ट्स र नेपोलीले अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो। खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो। खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे। 

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सदुपयोग भएनन्। बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौं स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ। 

सिरी ए कै अर्काे खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३-१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ। 

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ। एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ। 

Skip This
Skip This
Logo