काठमाडाैंमा युवायुवती मृत फेला, हत्या भएको हुन सक्ने प्रहरीकाे अनुमान

काठमाडाैंमा युवायुवती मृत फेला, हत्या भएको हुन सक्ने प्रहरीकाे अनुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडाैंमा दुई युवायुवती मृत फेला परेका छन् । 

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ। 

मृतक दुबैको शरीरमा चोट देखिएको छ। उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ। 

राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ।

Logo