चौथो लिंकन दीक्षान्त समारोह २०२२ माघ १५ मा हुने

चौथो लिंकन दीक्षान्त समारोह २०२२ माघ १५ मा हुने

केन्द्रबिन्दु
0
Shares

मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई समेटेर चौथो लिंकन  दीक्षान्त समारोह २०२२ हुने भएको छ। शनिवार राजधानीको मेरीयट होटलमा आयोजित पत्रकार सम्मेलनमा कलेजले समारोह गर्ने बारे पत्रकारहरूलाई जानकारी दिएको हो। कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावरीमा माघ १५ गते बिहान १० बजे देखि सुरु हुनेछ। 

हालसम्म विश्वविद्यालयले दुई हजार भन्दा बढी विद्यार्थीहरुलाई उपाधीद्वारा दीक्षित गरिसकेको छ। यस वर्ष एक हजार बढी विद्यार्थीहरुलाई दीक्षित गर्न कार्यक्रम रहेको छ। कार्यक्रममा तीन हजार बढीको उपस्थिति रहने आयोजकको विश्वास रहेको छ। 

सन् २००२ मा मलेसियामा स्थापित लिंकन युनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१३ मा सम्बन्धन दिएको थियो। हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर काठमाडाैं, ललितपुर, बिर्तामोड, विराटनगर, बुटवल, पोखरा लगायतका ११ सहरहरूमा  वटा कलेजहरू सञ्चालित छन् । यी कलेजहरूले बिबिए, एमबिए र विएचए. प्रोग्रामहरू सञ्चालन गरिरहेका छन् । त्यसैगरी यी कार्यक्रम अन्तर्गत दुई हजार ८ सय बढी नेपाली विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेश गइरहेको सन्दर्भमा लिंकन युनिभर्सिटी कलेजले नेपालभित्रै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्दै आएको छ । 

Skip This
Skip This
Logo