सहिद स्मारक ‘ए’ डिभिजन लिगः दिनेशको निर्णायक गोलमा आर्मीको तेस्रो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिगः दिनेशको निर्णायक गोलमा आर्मीको तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

दिनेश हेन्जनको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबारको तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ। 

१७औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो। जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय आर्मी हाबी रह्यो। १६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतिले रोकेका थिए। 

५५औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट दिनेशले गरेको फ्रिकिक प्रहार अजितले सहजै जोगाए। लगत्तै अर्को मिनेटमा दिनेशले अजितलाई समेत बिट गरेको अवस्थामा राइट साइडबाट पेनाल्टी बक्सभित्र आफ्नो साथी भेट्टाउन सकेनन्। 

६२औं मिनेटमा जर्ज प्रिन्सले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार सेकेन्डबारको नजिकैबाट बाहिरियो। ६४औं मिनेटमा जर्ज प्रिन्सले दोस्रो अग्रताको सुनौलो अवसर खेर फाले। भरत खवासको प्रहार अजितबाट रिबाउन्ड आउँदा जर्ज प्रिन्स गरेको प्रहारमा अजित फेरि बाधक बने। 

६६औं मिनेटमा जर्ज प्रिन्सले वान भर्सेस वानको अवस्थामा अजितलाई बिट गर्न सकेनन्। ७३औं मिनेटमा भरत खवासले १८ राइट साइड पेनाल्टी बक्सबाट गरेको प्रहार अजितले मुस्किलले पन्च गरी फ्याके। 

जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत् छ। आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ। आइतबार लिगमा एक मात्रै खेल हुनेछ।

Skip This
Skip This
Logo