हुम्लामा भारी हिमपात, तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेपछि जनजीवन प्रभावित

हुम्लामा भारी हिमपात, तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेपछि जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने, “यस वर्षकै ठूलो हिमपात भयो। घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा तथा खोलामा पानीसमेत जमेकाे छ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएकाे  छ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ। 

Skip This
Skip This
Logo