आज नेकपा सचिवालय बैठक बस्दै

आज नेकपा सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

गत २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।

गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरू कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

आजकाे सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरूमा राजनीतिक नियुक्ति गर्ने लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

Skip This
Skip This
Logo