साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.४७ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि १३.२१ अंकले बढेर ५१९ बिन्दुमा पुगेको छ ।
आज २३९ वटा धितोपत्रको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५८१ रुपैयाँमा खरिद विक्री भएको छ । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
शेयर मूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा नेपाल हाइड्रो डेभ्लपर्स, हिमालय उर्जा विकास, युनियन हाइड्रोपावर, न्यादी हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स, आइसिएफसि फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटी, कर्पोरेट डेभ्लप्मेन्ट बैक रहेका छन्।
नेपाल हाइड्रो डेभ्लपर्स र हिमालय उर्जा विकासको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आज सबैभन्दा बढि शेयर कारोबार हुनेमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २९ करोड २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा वृद्धि आएको छ।































प्रतिक्रिया