नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन्।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन्।
जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे। उनले भने, 'पहिलो पटक ३ सय मतान्तरले विजयी भएकाे थिए। यसपटक अझ बढी मतले विजयी हुन्छु। यादव वर्तमान जिल्ला सभापति र पूर्वसांसद पनि हुन्।





























प्रतिक्रिया