प्रधानमन्त्री कप टी-२० क्रिकेट : आर्मीद्वारा कर्णाली प्रदेश ६३ रनले पराजित

प्रधानमन्त्री कप टी-२० क्रिकेट : आर्मीद्वारा कर्णाली प्रदेश ६३ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। आर्मीले कर्णालीलाई १४.४ ओभरमा ५३ रनमा समेट्यो। 

आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन्। म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए। त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई आर्मीले ११७ रनको लक्ष्य दिएको थियो। विजयी लक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रवीन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

आर्मीको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिए। सुशन भारीले र साहव आलमले दुई-दुई विकेट तथा सोमपाल कामी र विक्रम साेवले समान एक विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो। अन्तिम ओभरमा नाै विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए। आर्मीका लागि ओपनर कामी नाै र हरि चौहान २१ बलमा तीन चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए। 

यस्तै, कप्तान विनोद भण्डारीले १७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २९ रन बनाए। रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। 

कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए। अनुज चुनरा दुई तथा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले समान एक विकेट लिए। 

Logo